दोस्रो सिद्धेश्वर बुढानिलकण्ठ महिला फुटबल फागुन ७ बाट हुदै

0
44

अमृत बस्नेत,बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाजको आयोजनमा आगामी फागुन ७ बाट दोस्रो बुढानिलकण्ठ महिला फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । अघिल्लो वर्ष बाट सुरुवात भएको यस प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने आयोजक समितिका अध्यक्ष प्रकाश गुरुङ्गले बताएका छन । कपन आकासेधारा स्थित ह्याण्डबल मैदानमा हुने खेल सेभन ए साईड हुने र नकआउटका आधारमा खेल सञ्चालन हुने समेत उनले बताए । प्रतियोगितामा विजेता हुने टोलीले उपाधी सहित १ लाख तथा दोस्रो हुने टिमले ५० हजार हात पार्नेछ । प्रतियोगितामा उपत्यका भन्दा बाहिर बाट सहभागी हुने टिमलाई खानेवस्ने सुविधा आयोजले नै व्यहोर्न समेत गुरुङ्गले बताए । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरुले भने सहभागी हुन नपाउने नियम आयोजकले तय गरेको छ।  साथै अन्य केहि जानकारी लिनका लागि आयोजकले यस नम्बर समेत सार्वजनिक गरेको छ । ९८६१८२९३१० वा ९८१०१००७५०

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice