गायक शशि बिक्रम थापाको आवाजमा “आउन कान्छी” बोलको गीत सार्वजनिक

0
190

संगीतकार शालिकराम घिमिरे को संगीत तथा गायक शशि बिक्रम थापाको आवाजमा “आउन कान्छी” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत को संगीत संयोजन उदय राज पौडेल ले गरेका छन्। केहि समय अगाडि भजन संग्रह भाग १र२ एकैपटक सार्बजनिक गरेका शालिक र शशि ले लोक आधुनिक विधा लाइ रोजेर यो गीत निकालेको बताउछन्। केहि चलचित्र मा समेत संगीत र आवाज दिइसकेका शशि ले अन्य गीत जस्तै यो गीत लाई पनि दर्शक तथा श्रोताहरुले मन पराउने आशा ब्यक्त गरेका छन्।
गीत को भिडियोमा अनमोल के सी जस्तै देखिने अभिषेक श्रेष्ठ को अभिनय रहेको छ। उनलाई चलचित्र मारुनी मा अभिनय गरेकी नायिका रेबिका गुरुङ ले साथ दिएकी छिन्। बुद्ध थापा ले खिचेको यो गीत लाई निर्देशक निशान कश्यप ले गरेका छन्। भिडियो संगीतकार शालिकराम घिमिरे को युटुब मार्फत सार्बजनिक भएको छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice