सिधा आचरण र सधै फेशनमा पोख्त देखिने ‘मंगोलियन हर्ट’का किरण नगरकोटी [ फोटो फिचर ]

0
184

नेपालको २५ बर्ष पुरानो चर्चित सांगीतिक समुह हो ‘मंगोलियन हर्ट’ यही लोकप्रिय ब्याण्डमा बिगत १२ बर्ष देखि निरन्तर लिडगितारिष्ट को रुपमा रहेका छन् किरण नगरकोटी ।
ब्याण्डको स्वदेश देखि संसारभरका विभिन्न देशहरु हुने सांगीतिक कार्यक्रममा मिठो गितारको सगीत मार्फत लाखौ दर्शकलाई नचाउने लिडगितारिष्ट किरणको संगीत सगै फेसनले पनि धेरै युवा युवतीको आँखालाई तान्ने गर्छ ।
फरक फरक कार्यक्रममामा देखिने उनको सुन्दर र चिटिक्क देखिने गरी लगाउने पोशाक मात्रै न भएर मेकअप,हेयर डिजाइनिङ, र उनले दैनिकी चढ्ने आकर्षण खालको बाइक र गाडीको कारण पनि उनी साथीभाई र दर्शकको रोजाइमा झट्टै नै चिनिने गर्दछन ।


पछिल्लो समय युवाहरुको ठूलो जमात काठमाडौं लगायत देशभर फेसन डिजाइनिङमा तानिएको समयमा उनलाई
एउटा पहिरन र गेटअप प्रेरक व्यक्तिवको रुपमा लिने गर्दछन ।
नेपाली सांगीतिकछेत्रमा रहेका एकदमै कम यस्ता कलाकारमा उनी पर्छन जो सिधा आचरण अनि पहिरनका कारण सधै मानिसहरु चाख मानेर हेर्नेमा पर्छन ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice