गायक दिपक बज्राचार्य पहिलो पटक निर्देशनमा ‘राती ‘ लिएर आउदै [प्रोमो सहित ]

0
479

चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सोमबार सार्वजनिक हुने भएको छ ।
दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो।
नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यलाइ किन म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो र बिशेषगरी ‘राति ‘गीतको भिडियोको बारेमा प्रश्न गर्दा बज्राचार्य यसो भन्नु हुन्छ :आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन। सहकर्मीहरु त्यति भेट हुदैनन्। चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ। मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु।फेसबुक तिर फोटो देख्छु, कहिले विदेशमा सम्पूर्ण ट्रेनका डब्बामा नेपाली भरिएको देख्छु। विदेश तिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा उपस्थित हुने हजारौ दर्शकहरु देखेर अचम्मित हुन्छु।
आजकल मेरा आफ्नै साथी भाईहरुसंग नेपाल भित्र भन्दा बाहिर धेरै भेट हुने गर्छ।यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको? यो कस्तो आकर्षण प्रवासको? मलाई राम्रो सँग थाहा छ, बाध्यता सबैको छ। बुझेको छु रहर होइन कर होला तर पनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो।विदेशका चिल्ला सडकहरु, अग्ला अग्ला घरहरु, फराकिला बाटो घाटो, अनि फेसबुकमा छ्यताछुल्ल पोखिने चिल्ला गाडीहरु, सफा पोशाकमा सजिएका बनावटी मुस्कानहरु, यस्तै यस्तै त हो मोहनी लाउने।आफन्त सँग छुटाउने, चाडपर्वमा एक्लो बनाउने, मायालुको सम्झनामा छ्त्पतिनु पर्ने, अनि धेरैलाई काठको बाकसमा फर्कन बाध्य बनाउने, यो सबै पछाडी एउटै शक्ति छ। बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा् कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नुछ । यस भिडीयोमा एक सुन्दरी यूवति त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाब पनि झल्काइएको छु। मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो ‘राति’ ।
कालो शक्ति अर्थात नेगेटिभ ईनर्जी सँग पोगेटिभ इनर्जीको बिजयको सांगीतिक संकेत हो ‘राति’। सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतीको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथा हो ‘राति’।भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ ।

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice