कतार विश्व कप २०२२ र एसियन कप छनोटका दोस्रो चरणका छनोट खेलहरू स्थगित

0
17

कतार विश्व २०२२ र एसियन कप छनोटका दोस्रो चरणका छनोट खेलहरू स्थगित भएका छन् । विश्वव्यपी रूपमा महामारीको रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइसका कारण एसियामा हुने सबै फुटबल गतिविधिहरू स्थगित भएको फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल कन्फिडेरेसनले जनाएको छ ।

फिफाका अनुसार मार्च र जुनमा हुने सबै छनोटका खेलहरू स्थगित भएको जनाएको हो । फुटबलमा संलग्न सबै व्यक्तिको भलाइका लागि यस्तो निर्णय लिएको फिफा र एएफसी उल्लेख गरेको छ । “स्वस्थ्य सबथोक हो । त्यस्तै स्वस्थ्यलदाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिएका हौँ । यो नै आगामी खेलहरू स्थगित गर्ने औपचारिक प्रस्ताव हो ।” फिफा र एएफसीको रिर्पोर्टमा उल्लेख छ । त्रासपूर्ण स्थिति सामान्य भएको अवस्थामा फिफा र एएफसी संयुक्त रुपमा अर्को खेल तालिका सार्वजनिक गर्ने बताएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice