कोरोना कहर : १०औं नेफ्टा फिल्म अवार्ड स्थगित

0
24

चैत २२ मा आयोजना हुने भनिएको १०औं नेफ्टा फिल्म अवार्डसँगै अवार्डको मनोनयन स्थगित गरिएको छ । आयोजक नेपाल चलचित्र प्राविधिक संघले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर राख्दै अवार्ड स्थगित गरिएको जनाएको छ ।

प्राविधिक संघले नेफ्टा अवार्डको २७ फागुनमा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । सरकारले गरेको अनुरोधअनुसार मनोनयन कार्यक्रम स्थगित गरेको संघका अध्यक्ष पुष्कर लामाले जनाए ।

मनोनयनसँगै आगामी २२ चैत्रमा टुँडिखेलमा हुने अवार्ड प्रदान समारोह पनि स्थगित भएको छ । यो अवार्डको नयाँ मितिबारे पुनः जानकारी गराउने संस्थाले जनाएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice