रेमिट्यान्स आय आधाभन्दा बढीले घट्यो

0
13

काठमाडौं । तीन महिनाअघि चीनबाट विश्वभर फैलिएर महामारिको रूप लिइरहेको कोरोना भाइरस प्रभावले अहिले मुलुकको रेमिट्यान्स आय आधाभन्दा बढीले घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६-७७ को बितेको सात महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै रेमिट्यान्स रकम गत वर्षभन्दा आधाले घटेको जनाएको हो ।

राष्ट्र बैंककोे गत माघ मसान्तसम्मको तथ्यांकअनुसार विभिन्न मुलुकबाट भित्रिने रेमिट्यान्स गत वर्षको तुलनामा आधा प्रतिशतले घटेर ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ मात्र भित्रिएको हो । कोरोनाको असर फागुन अन्तिमबाट सुरु भए पनि राष्ट्र बैंकका अधिकारीले आगामी महिना रेमिट्यान्स रकम थप घट्ने अनुमान गरेका छन् ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह एवं रेमिट्यान्स शून्य दशमलब ५ प्रतिशतले घटेर ५ खब १३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा सुन्य दशमलब २ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

यसैगरी, समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१ दशमलव ७ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा सो संख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पनि यस अवधिमा शून्य दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

यस अवधिमा शोधनान्तर बचत पनि गत वर्षभन्दा केही घटेर २१ अर्ब ६१ करोड रुपैयाँमा खुम्चिएको छ । गत वर्ष शोधानान्तर बचत ४९ अर्ब ३२ करोड घाटामा थियो । गत महिनाको तुलनामा बचत केही घटेको छ । पुस महिनामा बचत २६ अर्ब ६५ करोड थियो। अमेरिकी डलरमा शोधानान्तर स्थिति अघिल्लो ४३ करोड १७ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको छ ।

यसैगरी, गत माघमा चालू खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमयको सञ्चिती भने असार मसान्तको तुलनामा बढेको छ । त्यस बेला १०३८ अर्ब ९२ करोड रहेकोमा माघमा आउँदा ५ दशमलव ६ प्रतिशतले बढेर १०९६ अर्ब ६८ करोड पुगेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चिती चालू आवको बितेका सात महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको छ ।
यस अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रहेको थियो । गत माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ६ दशमलव ८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फितिको दर ४ दशमलव ३५ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फिति ९ दशमलव ७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ४ दशमलव ६५ प्रतिशत रहेको छ ।
यसैगरी, समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

त्यसैगरी, समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७ दशमलव ५८ प्रतिशत, तराईमा ७ दशमलब २९ प्रतिशत, पहाडमा ५ दशमलव ४६ प्रतिशत र हिमालमा ५दशमलव २८ प्रतिशत मुद्रास्फिति रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको माघ महिनामा यी क्षेत्रमा क्रमशः ५ दशमलव १९ प्रतिशत, ३ दशमलव ४४ प्रतिशत, ४ दशमलव ९१ प्रतिशत र ५ दशमलव २७ प्रतिशत मुद्रास्फिति रहेको थियो ।

राजधानी दैनिकबाट

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice