त्रिवि शिक्षण अस्पतालद्धारा आकस्मिक बाहेकका कुनै पनि सर्जरी नगर्ने

0
61

त्रिवि शिक्षण अस्पतालले आकस्मिक बाहेकका कुनै पनि सर्जरी नगर्ने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

‘आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य शल्यक्रिया अर्को सूचना नभएसमम्का लागि स्थगन गरिएको छ। जनरल हेल्थ चेक अप र इएचएस सेवा हाका लागि लागि स्थगित गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी यस अस्पतालमा आउने बिरामीका संख्या तथा अस्पतालमा आउँदा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कदम अघि सारिएको सूचनामा उल्लेख छ।

यसअघि नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको थियो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice