इसेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गरिने

0
24

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इ सेवामार्फत इ सेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको जानकारी इ सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले गराउनु भयो।

इ सेवाले अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएकोले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेको छ। इ सेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इ सेवा नेपालको पहिलो भूक्तानी सेवा प्रदायक कम्पनी हो । इ सेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भूक्तानी गर्न सकिन्छ । इ सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् र यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इ सेवाबाट बैंक खातामा रकम पठाउन सकिने जानकारी सुचना तथा सञ्चार शाखाले दिएको छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice