इन्टरनेट,टेलीफोन निःशुल्क गर्न नेबिसंघको सरकारसंग माग

0
30

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस {कोभिड–१९} का कारण अहिले धेरै नेपालीहरु यतिबेला घरभित्रै रहेकाले उनीहरूकाे लागि झन धेरै कोभिड–१९ र यसबाट साबधानी अपनाउन ज्ञानवर्द्धक, सुचना मुलक, जानकारीमुलक सुचनाको अध्ययन गर्नुपर्ने भएकाले सरकारले इन्टरनेट, टेलिफाेन सेवा केबल लाईनलाइ निशुल्क गर्नुपर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले बताएका छन । कालोबजारी गर्नेलाइ कार्वाहीको दायरामा ल्याउने सरकारको निर्णय स्वागतयोग्य रहेको तर प्रभावकारी हुन नसकेको भन्दै तिमिल्सिनाले कतै सरकारका केही झुंडहरु नै कालोबजारीमा लागेका त छैनन ? भन्दै सरकारकाे तत्काल ध्यानाकर्षण गराए । यसको साथै उनले विद्यालय तथा कलेज बिदा भएपछि घर फर्कन खाेजेका कयाैं साथीहरुले फाेन गरेर एयरलायन्स र बसहरूले मनपरी भाडा लिएकाे दुखेसाे गरेकाे बताउदै विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस छिटाे फैलिन सक्ने त्रास रहेको बताइसकेको अबस्थामा यतिबेला कोरोना भाइरस चीनबाहिर अन्य मुलुक इटाली,अमेरिका तथा भारत लगाएतका देशहरुमा पनि उत्तिकै फैलिरहेकाे हुँदा कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था झन भयावह हुन सक्ने भन्दै महामन्त्री तिमिल्सिनाले चिन्ता व्यक्त गर्नुको साथै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाइ मास्कको प्रयोग एबम सरसफाईमा ध्यान दिन पनि आग्रह गरेका छन ।

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice