जेलभित्र कोरोनाभाइरस हल्लापछिको त्रासका कारण भागदौड हुँदा २३ जनाको मृत्यु

0
87

जेलभित्र कोरोनाभाइरसको संक्रमण फैलिएको हल्लापछि त्रासका कारण कोलोम्बियामा भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ ।

भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन् । अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार देशका अन्य भागमा रहेका कयौ जेलमा समेत जेलबाट भाग्न खोजेका घटनाहरु भईरहेका छन् ।

देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा रहेका कैदीबिच भागदौड मच्चिदा ठुलो संख्यामा कैदीले ज्यान गुमाउनुपरेको बीबीसीले उल्लेख गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा जेलमा कार्यरत सात जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । त्यहाँको सरकारले हालसम्म कुनैपनि कैदि बन्दिमा रोगको संक्रमण नदेखिएको दाबी गरेको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice