व्यवसायी बसन्त चौधरीले कोरोना कोषमा एक करोड सहयोग गर्ने

0
1010

चैत्र १० – कोरोना भाइरसविरुद्धको प्रयासका लागि सरकारले खडा गरेको कोषमा व्यवसायी बसन्त चौधरीले एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।

नर्भिक तथा बसन्त चौधरी फाउन्डेसन मार्फत कोरोना कोषमा एक करोड सहयोग गर्ने घोषणा उनले गरेका हुन् । आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण विरुद्ध ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णयसहित सबैको सहयोगका लागि अपिल गरिएको थियो।

सोही अन्तर्गत व्यवसायी चौधरीले फाउन्डेसनका तर्फबाट ५० लाख नगद र थप ५० लाख बराबरको अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विश्वभर कोरोना विरुद्धको अभियानका लागि व्यवसायीहरुले आफ्नो तर्फबाट सहयोगको घोषणा गरेको भए पनि नेपालका अधिकांश व्यवसायी भने यसमा अग्रसर देखिएका छैनन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice