ब्रेकिङ : फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली युवतीमा देखियो कोरोना

0
170

स्वास्थ्य मन्त्रालयले कतारबाट आएका एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना देखिएको हो। गत मंगलबार उनी नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ।

उनलाई आइतबारदेखि आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए। उनीसँग आएका र सम्पर्कमा पुगेकाहरुलाई निगरानीमा राखिएको बताइएको छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice