भोलिदेखि आधा सिलिन्डर ग्यास उपलब्ध हुने

0
27

बजारमा भोलिदेखि आधा सिलिन्डर ग्यास उपलब्ध हुने भएको छ । कोरोना भाइरसका कारण आपूर्ति बिथोलिएर ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै ७.१ केजी ग्यास भरेको सिलिन्डर उपलब्ध गराउन लागिएको हो ।

नेपाल आयल निगमले एलपी ग्यास उद्योगीहरूलाई आधा भरिएको सिलिन्डर बजारमा उपलब्ध गराउन निर्देशन दिएको हो । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले निगमबाट यस्तो निर्देशन आएको पुष्टि गरे । यही विषयमा बिहीबार मन्त्रालयले ग्यास उद्योगीलाई छलफलका लागि बोलाएको छ । आधा ग्यास उपलब्ध गराउने विषयमा ग्यास उद्योगी पनि सकारात्मक देखिएका छन् । भण्डारीले बाह्रखरीसँग भने, “राज्यले ग्यासको सहज उपलब्धताका लागि दिएको यो निर्देशन स्वागतयोग्य छ । हामीले राज्यले भनेको मान्नैपर्छ र यस्तो अवस्थामा मान्ने प्रतिबद्धता गर्दछौं ।” उद्योगीले राज्यलाई साथ दिए आपूर्ति सहज हुने उनको भनाइ छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice