नेपालमा चौथो व्यक्तिमा पनि कोरोना संक्रमणको पुष्टि

0
70

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस {कोभिड–१९} का संक्रमित थप एक जना विरामी फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो । आज भेटिएका संक्रमित प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice