घरभित्रै बसेर कोरोना महामारीविरुद्ध सरकारलाई साथ दिन प्रचण्डको आह्वान

0
21

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गरेका हुन् ।

प्रचण्डको भिडियो सन्देश-घरमै बसौं, आचारसंहिता पालना गरौं

Posted by Online Raftar on Saturday, 28 March 2020

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice