नेपाली सेनाले सुर्खेतको वीरेन्द्रनगरमा तयार गर्‍यो चार सय जनाका लागि क्वारेन्टाइन

0
21

नेपाली सेनाले सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा चार सय जना अटाउने क्वारेन्टाइनको निर्माण गरेको छ। शनिबार नेपाली सेनाको उत्तरपश्चिम पृतनाले उक्त क्वारेन्टाइनमा एक सय ५ जनालाई राखेको छ।

नेपाली सेनाका उत्तरपश्चिम पृतना प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतका अनुसार चार सय क्वारेन्टाइन निर्माण सम्पन्न भइसकेको र एक सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सेनाले खुल्लामञ्चमा बनाएका क्वारेन्टाइनलाई तीन खण्डमा बाँडेको छ। खण्ड ‘क’ मा एक सय ५, खण्ड ‘ख’ मा एक सय ५ र खण्ड ‘ग’ मा एक सय ९० जनाका लागि टेन्ट तयार गरिएको छ। यस्तै क्वारेन्टाइमा राखिएकाहरुको उपचारका लागि तीन जना प्यारामेडिकसहित पाँच जना स्वास्थ्यकर्मी राखिएको छ। सेनाले निर्माण गरेको क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ। नेपाल न्युज

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice