गायक नविन के. भट्टराई को १६औ संग्रह “37” को पहिलो गीत “जाउ तिमी ” ( भिडियो )

0
58

गायक नविन के. भट्टराई को १६औ संग्रह “37” को पहिलो गीत “जाउ तिमी…” को भिडियो सार्बजनिक भएको छ।गीतको भिडियोलाइ केली प्रड्क्सन अन्तर्गत नूप गिरि ले बनाएका हुन्। गीत को छायांकन अमेरिकामा गरिएको छ।
साइकाडेलिक रक जनराको यस गितमा सुयश भट्टराई को शब्द रहेको छ भने गायक स्वयं कै संगीत रहेको छ। गीतको संगीत संयोजन बिशाल पौडेल ले गरेका हुन्।

आफ्नो अन्य गीत र भिडियो जस्तै दर्शक तथा श्रोता ले यो गीत पनि मन पराउने आशा नबिन ले गरेका छन्। साथै विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसले आक्रान्त बनिरहेको अहिलेको अवस्था मा घर मै बसेर साबधानी अपनाउन पनि नबिनले आग्रह गरेका छन्।

संग्रह “37” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो। २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस आघि पनि थुप्रै चर्चित गायक गायिका हरु को संग्रह बजारमा निकाली सकेको छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice