कोभिड -१९ बाट जोगिन काँडाघारीका युवाले छर्के टोलमा कीटनाशक औषधी

0
54

दोश्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो चुनौतीको रुपमा विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यस समयमा सरकारले सुरक्षित साथ घर बस्न र भाइरस बाट आफू पनि जोगिई अरूलाई पनि जोगाउन आग्रह गर्दै गरेको पहिलो १ हप्ते लकडाउनलाइ सरकारले थपेर १५ दिन पुर्याएको छ। कोभिड -१९ को सङ्क्रमणबाट जोगिन ,स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर काठमाडौंं काँडाघारीका केही युवाले कीटनाशक औषधि छर्किएका छन् ।

देशनै कोरोना भाइरस बाट त्रसित बनेको अवस्थामा स्थानियले अन्य कुनै समस्या बाट त्रसित हुनु नपरोस् भनेर औषधि छर्कीएको बागमती फोहोर उन्मूलन समाजका सचिव तथा समाजसेवी पौडेलले बताउनभयो।साथै साथै समाजसेवी टंक प्रसाद पौडेलले काँडाघारी हरहरमहादेवको शिवम मार्गमा बस्दै आएका दिनहुँ ज्याला मजदूरी गरेर गुजारा गर्ने विभिन्न ५ परिवार लाई ५/५ केजी को दरले चामल समेत प्रदान गर्नुभएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice