अनियमिततामा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान गर्नुपर्छ : देउवा

0
17

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिततामा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे आरोप लगाएका छन्।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन नेपाली कांग्रेस सरकारको साथमा रहेको बताउँदै देउवाले सरकारलाई युद्धस्तरमा काम गर्न सुझाएका छन्।‘उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौं। तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने कार्य गरेको छ,’ पूर्वप्रधानमन्त्री देउवाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

उनले अत्यावश्यक सामग्री खरिदमा ढिलाइ गरेको, टेन्डर प्रक्रिया अपारदर्शी गरेको र बढी मूल्य निकासा गराएर राज्य कोषमा भ्रष्टाचार गर्नुका साथै विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद गरेको आरोप लगाएका छन्।सरकारको सो कार्य अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना बताउँदै देउवाले कुनैपनि दृष्टिले माफी योग्य नभएको बताएका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice