कथा – गरिब परिवारमा जन्मेको मानिस प्राय असल नै हुन्छ – भाग १

0
215

कथा (गरिब परिवारमा जन्मेको मानिस प्राय असल नै हुन्छ) भाग १
लेखक: शिव प्रसाद काफ्ले (गुल्मी हर्दिनेटा )
एक गाउँमा अति गरिब परिवारमा आमाको खोखमा बस्ने अबधि (नौ महिना सात दिन ) पुरा गरि पृथ्वीमा अवतरण हुन्छ।उसले अति गरिब परिवारमा जन्म लिन्छ।
उसका माता र पिता अतिनै सस्कारी हुन्छन्।ऋषिमुनिहरु जस्तै उसले खरको छानो भएको सानो झुपडीमा हुन्छ त्यो बालक बिस्तारै ठुलो हुन्छ र पाठशालामा भर्ना हुन्छ।उसको दिमाग अतिनै तेज हुन्छ।उसको परिवारमा खान र लाउन पनि हम्मे हम्मे पर्दथेयो उसलाई पाठशालाको खर्च कापी किताब लगायत सम्पूर्ण सामाग्री जुटाउन धौधौ पर्दथेयो।३० रुपैयाँको किताब किन्न पनि बाबू र आमा दुबै सिम बाट पैसाको जूहार गर्नुपर्ने हुन्थ्यो।उ पाठ शालामा सधै प्रथम हुन्थेओ उसका साथीहरू सफासुग्गर र राम्रा कपडा लगायेर आउथे तर उसलाई उसको आर्थिक अवस्थाले साथ दिइरहेको थिएन कपडा पनि उसलाई टालेर लगाउनु पर्दथेयो भने फिते चप्पल लगायेर पाठशाला जानुपर्ने हुन्थ्यो।त्यो सबै भोगेर मनमा कुरा खेलाउदै गहभरी आशु झार्दै एकान्तमा बस्थेओ।कहिलेकाही त उसलाई उसको मुटु छियाछिया भयजस्तो अनुभव हुन्थ्यो।आर्थिक अबस्थामा कम्जोर र पढ्न तेज भएको हुनाले उसलाई पाठशालामा शिक्षक र शिक्षिकाहरुले धेरै माया गर्नुहुन्थ्यो उसलाई माबली बाट धेरै सहयोग थियो तर माबल पनि नजीक थिएन करिब ६/७ घन्टा पैदल हिंड्न् पर्दथेओ।कतिपय समयमा आफुले भोगेका समस्या हरु लाई याद गर्दै मन्दिरमा गयेर बलिनधारा आँसु बगाउथेओ र मनलाई बिस्तारै सान्त पार्थेओ।यसैगरी समय बित्दै जादा S.L.C को परिक्षा आयो।धेरै समस्या झेल्दै ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice