विआरएसी क्यानडाको निर्देशकमा मित्र काफ्ले नियुक्त

0
19

बैशाक – ९, काठमाण्डाैं । क्यानडामा रहनु भएका मित्र काफ्ले विआरएसीको निर्देशक नियुक्त हुनुभएको छ । काफ्ले विआरएसीका सभापति कुरियन प्राक्कनमद्वारा संस्थाको निर्देशक नियुक्त हुनुभएको हो ।

लामो समयसम्म उद्धमीको रुपममा काम गर्नुभएका काफ्ले जग्गाको लगानीकर्ता, सामाजिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योग्दान गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

काफ्लेले महिला शसक्तिकरण, बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्टिय राजनीतिको क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आउनुभएको छ । गैर नेपाली NRN क्यानाडाका संस्थापक ( Founder ), ANA को पास्ट भाइस President, पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशन (जिटिए) को अध्यक्ष समेत भएर कार्य अनुभव बटुलिसक्नु भएकाे छ ।

ब्रम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लव (चार्टर), क्यानाडा पहिलो संस्थापक सभापति, विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक, सिमा विहीन अन्तर्राष्टिय (शाखा) को प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सम्पादनको अनुभव समेत संगाल्नु भएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice