बालुवाटारमा प्रधानमन्त्री, प्रचण्ड र देउवाबीच छलफल

0
40
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल भएको छ ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

त्रिपक्षीय भेटमा पछिल्लो परिस्थिति र परम्पर समझदारीमा नेताले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटारमा सामुहिक भेट र छलफल जारी’, सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड ।’

यसअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । नेताहरुको भेटमा कोरोना भाइरस (कोभिड–१९) र पछिल्लो संकटको विषयमासमेत कुराकानी भएको छ । – अन्नपुर्ण पोष्ट

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice