बलिउड अभिनेता इरफान खानको ५४ बर्षको उमेरमा निधन

0
26

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका खानको ५४ बर्षमा बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनलाई लाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। थिएटर हुदै चलचित्रमा आएका खानको पहिलो चलचित्र सलाम बम्बे थियो । उनि द्वारा अभिनित अन्तिम चलचित्र केहि समय अघि प्रदर्शन भएको चलचित्र अंग्रेजी मिडियम हो। बलिउडमा अब्बल कलाकार मानिएका इरफानले मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। साथै स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा पनि काम गरेका थिए।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice