लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय

0
39

काठमाडौं, वैशाख २४ – सरकारले जारी बन्दाबन्दी (लकडाउन) आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन जेठ ५ गतेसम्म थपिएको आफ्नो फेसबुकपेज मार्फत सूचना सार्वजनिक गर्नुभएको छ ।

चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी पटक पटक थपिदै भोलि बिहीबार सकिदै थियो । हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्र्त भएको निश्कर्ष निकालेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice