ज्योति विकास बैंक पर्सा साखाद्धारा ईलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

0
38

खैरहनी चितवन –  चितवन जिल्ला खैरहनी नगरपालिका पर्सामा बैकिङ सेवा दिईरहेको ज्योति विकास बैंकले खैरहनी नगरपालिकामा अवस्थित ईलाका प्रहरी कार्यालयलाई विश्वभरी फैलिरहेको कोभिड १९ को संक्रमण निर्मुल पार्न दिनरात खटिरहने प्रहरी जवानहरुकोलागि आवश्यक मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ । ज्योति विकास बैंकका पर्सा साखाप्रमुख भिम पोखरेलले ईलाका प्रहरी प्रमुख रिशीराम घर्तिमगरलाई सो सामाग्री हस्तान्ततरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी प्रमुख घर्तिमगरले बैंकिङ सेवा दिदा आवश्यक सावधानी पुर्याएर नगरवासीलाई सेवा दिन अनुरोध गर्नुभयो । बैकका साखाप्रमुख पोखरेलले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि समसामयिक छलफल भएको बताउनुभयो ।
ज्याति विकास बैंक नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको बैंक हो । सो बैंकका देशभरी १०५ साखा रहेको पनि पर्सा साखाप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice