३ करोड नेपालीले हेर्नु पर्ने सिमा सम्बन्धी गीत ‘एकादेश’ [ भिडियो सहित ]

0
24

नेपाल सरकारले सोमबार मात्रै लिपुलेक ,लिम्पियाधुरा , कालापानी समाबेश नेपालको नयाँ नक्सा जारी गरेको छ अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण तातिरहेको छ । कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।
नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ सार्वजनिक गरेका छन्।हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत , स्वर र संगीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ ।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङले निर्माण गरेका हुन । भिडियोले दर्शक , स्रोता र मिडिया हाउस बाट राम्रो साथ पाइरहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice