महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने

0
12

सरकारले महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ ।

बिहीबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै सो जानकारी दिनुभयो । उहाका अनुसार सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट उक्त आयोजनाका लागि विनियोजन गरेको छ । महाकाली सिँचाइ आयोजनालाई रणनीतिक महत्वको आयोजनाका रुपमा समेत हेरिने गरेको छ । उहाले जलबिधुत आयोजनलाई निर्माणलाई आगामी आर्थिक बर्ष पनि तिव्रता दिने जानकारी दिनुभयो । उहाले आगामी आर्थिक वर्षमा केन्द्रीय प्रणालीमा १३ सय मेगावाट विद्युत् थपिने बताउनुभयो । यस्तै, माथिल्लो अरुण, किमाथांका अरुण, तामाकोसी–५, चेनपुर सेती लगायत आयोजना जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अगाडि बढाइने बजेटमा उल्लेख छ । उहाले काठमाडौंबाट सुरू भएको विद्युतीय तार भूमिगत कार्यलाई निरन्तरता दिने बताउनुभयो । खतिवडाले आगामी वर्ष भक्तपुर, ललितपुर, चितवनमा लगायतका ठूला सहरमा विद्युतीय तार भूमिगत गरिने लगायत ठूला सहरमा विस्तार गरिने बताउनुभयो । गरीब र विपन्‍न परिवारले विद्युत जडान गर्दा निशुल्क कनेक्शन व्‍यवस्था मिलाइदिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । खतिवडाले देशका सबै परिवार लागि ऊर्जा कार्यान्वयनमा ल्याउन यस्तो योजना ल्याएको बताउनुभयो । यसका साथै उनले आगामी दुई वर्ष्भित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पुर्‍याउदै उज्यालो नेपालको अभियान सम्पन्‍न गरिने सरकारले लक्ष्य लिएको उहाले बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताउनुभयो । मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उहाले बताउनुभयो । तिनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उहाले बताउनुभयो । तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताउनुभयो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice