कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेको विषयलाई कांग्रेससँग जोड्नु गलत : नेपाली कांग्रेस

0
13

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेको विषयलाई कांग्रेससँग जोड्नु गलत भएको जनाएको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माल आफ्नो पार्टीको निर्णय र धारणालाई जथाभावी व्याख्या नगर्न चेतावनी समेत दिनुभयो । उहाले निशान छाप संशोधन गर्ने विषयलाई केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराउने पार्टीको धारणाप्रति अनावश्यक व्याख्या गरिएको तर्क गर्नुभयो । संविधान संशोधनको बिषय संसदको कार्यसूचीमा राख्दा कांग्रेसलाई सोध्नु नपर्ने, हटाउँदा दोष दिने?’ भन्दै उहाले नेपालको कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र भूमि फिर्ता हुनुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गर्नुभयो । प्रवक्ता शर्माले कोरोना नियन्त्रण गर्न सरकार असफल आरोप समेत लगाउनुभयो । राहत, वितरण, विदेशमा रहेकाको उद्धार, सीमामा रहेकालाई भित्र ल्याउने विषयमा सरकार कार्यक्रमविहीन भएको उहाको भनाई छ ।

उहाले भूमि फिर्ता ल्याउने विषयमा सरकार प्रपोगाण्डामा लागेको तर्क पनि गर्नुभयो । उहाले नेपाली काग्रेसले नेतृत्व गरेको बेला मात्र बिभिन्न बिषयहरु निष्कर्षमाा पुगेको इतिहास गरेको दावी पनि गर्नुभयो । कांग्रेसले संविधान संशोधनको बिषयमा आधिकारीक धारणा तय गर्न शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice