मंगलबार ३१६ जना कोरोना संक्रमित थपिए

0
41

मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।

यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्।

२९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice