एकै दिन ७४० जनामा कोरोना संक्रमण, कोरोनाबाट काठमाडौंमा एकको मृत्यु

0
75

काठमाडौँ, असार १९ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा चारहजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा नाैहजार ८४ रहेका छन् ।

डिस्चार्ज हुने बढ्दाे दर

देशभर छहजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निकाे भएर घर फर्केका छन् ।

थप एकको मृत्यु
कोरोना भाइरसका कारणले काठमाडौंमा थप एकजनाको निधन भएको छ । नयाँ वानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्राडा गौतमले जानकारी दिनुभयो ।

पार्किङ्सन रोगबाट पीडित पुरुष्का छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो । हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice