आयुष्मा कार्की तथा कुमार लामाको अभिनयमा”बाझो खेतैमा ” भिडियो सहित ।

नेपाली लोकदोहोरी गीत संगीतमा काठे भाकामा आधारित गीत संगीतको लोक पारखी दर्शक तथा स्रोता निकै रहेका छन । कुमार लामा र राम कुमार बुलुनको संयुक्त प्रस्तुतीमा गायक राजु विरही र गायिका रिता बुढाथोकीको आवाजमा ”बाझो खेतैमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु युगल जोडीको मनमा उब्जने प्रेमको भावलाई समेटिएको छ । आफनो मायालु लाई भेटदाको खुशी पललाई गीतमा ब्यक्त गरिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । संजय श्रीपालको एरेन्ज गीतमा छ । आफनो गाउँमा आफुलाई भेटदा निकै खुशी भएको कुरा गीतमा गायक ले गरेका छन ।

मरुभुमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन ”बाझो खेतैमा ” गीतमा छ । ”बाझो खेतैमा ” गीतको भिडियोमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल आयुष्मा कार्की तथा कुमार लामाको अभिनय भिडियोमा रहेको छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित