प्रधानमन्त्रीले भने ‘बाइवर्ड’ र ‘बाइस्टेप’ निर्णय हुन्छ, कित्ता क्लियर गर्नू

0
66

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउन भइरहेको तयारीबारे प्रमाण आफूकहाँ आइपुगेको बताएका छन्। मन्त्री र राज्यमन्त्रीहरूलाई शनिबार साँझ बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मका गम्भीर राजनीतिक षड्यन्त्र भइरहेको प्रमाण आफूले फेला पारेको बताएका हुन्।

उनले आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको भन्दै त्यसबारेमा प्रष्ट हुन पनि मन्त्रीहरुलाई आग्रह गरे। ‘म विरुद्ध षडयन्त्र भइरहेको छ। राष्ट्रपतिविरुद्ध अहिले षड्यन्त्र भइरहेको सूचना र प्रमाण मसँग छन्। यस्ता षडयन्त्रहरूलाई मैले ‘बाइवर्ड’, ‘बाइस्टेप’ नियन्त्रणमा लिनुपर्ने अवस्था आउन सक्छ’, ब्रिफिङका क्रममा उनले भने, ‘यदि त्यस्तो अवस्था आएमा मन्त्रीजीहरुले पनि निर्णय लिनुपर्ने हुन्छ। त्यो अवस्थामा मैले तपाईंलाई कुन कित्तामा भनेर सोध्न सक्छु। अनि तपाईंहरुले आफ्नो निर्णय लिएर कुन पक्षमा उभिने हो तपाईंहरुले कदम चाल्नुपर्ने हुन्छ।’

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice