पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने नेवि संघको घोषणा

0
24

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले आयल निगम अगाडी प्रदर्शन गरेको छ । लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले काठमाडौंको बबरमहलस्थीत नेपाल आयाल निगम अगाडी धर्नासहित विरोध प्रदर्शन गरेको हो । दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघले जनाएको छ । नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको भन्दै विरोध गर्नुपरेको बताउनुभयो ।
प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाईदैन’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, ‘सरकारको पाराले दुःख पाए साराले’ लगाएतका नारा लगाएका थिए । यसअघि नेविसंघले मूल्यबृद्धिको विरोधमा निगममा ज्ञापन पत्र बुझाएका थिए ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice