मेलम्चीको पानी लिकेज भएकाे सुरुङ जाँचमा खटिएका दुई कर्मचारी बेपत्ता, दुई घाइते

0
129

काठमाडौँ, असार ३० गते । मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएकाे सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता भएका छन् ।
दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जनालाई पानीले उच्छिट्याउँदा घाइते भएका थिए भने दुई जना हराइरहेको जनाएको छ । हराइरहेकामा एक जना आयोजनाका सवारी चालक रहेकाे र एक सिनाे हाइड्राेका चिनियाँ इञ्जिनियर भन्ने जानकारी भए पनि साे पुष्टि भइ नसकेकाे आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयाे ।सुरुङ परीक्षणका लागि छाडिएकाे पानीले गेट फाेडे पछि घटना भएकाे हुन सक्ने बताइएकाे छ । अहिले सुरुङमा पानी कम भइसकेकाे र उहाँहरूकाे खाेजी भइरहकाे प्रवक्ता पन्तले बताउनुभयाे ।
घाइतेको मेलम्ची स्वास्थ्य चाैकीमा उपचार भइरहेको र उहाँहरूलाई काठमाडौँ ल्याउन काठमाडौँबाट श्री एयरको हेलिकोप्टर उडिसकेको पन्तले बताउनुभयाे ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice