मंगलबार कोरोनाभाइरसका थप ११६ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं, असार ३० गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका थप ११६ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना बिरामी छन् । आईसोलेशनमा छ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको संख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको बिरामीको संख्या छ हजार ६१३ जना रहेको थियो ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित