सञ्जय दत्त स्टारर कन्नड सिनेमा ‘केजिएफ – च्याप्टर २’ को पोस्टर सार्बजनिक

40

बलिउड अभिनेता सञ्जय दत्त स्टारर कन्नड सिनेमा ‘केजिएफ – च्याप्टर २’ को पोस्टर सार्बजनिक गरिएको छ । सञ्जयको जन्मदिनको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो ।६१ बर्षिय सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विटर मार्फत अधिरा पात्रको लुक्स सार्वजनिक गर्दै ‘यो सिनेमामा काम गर्न पाएकोमा खुसी छु । यो भन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन भन्दै टूईट गरेका छन्।

प्रशान्त नीलको निर्देशन रहेको केजिएफको सिक्वेल ‘केजीएफ २’ मा सञ्जयका अलावा यश, श्रीनिधि सेट्टी, रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ । वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको ‘केजिएफ २’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन् । सिनेमाको पहिलो शृङखला गत वर्षको सुपरहिट कन्नड सिनेमा केजिएफले भारतिय बक्स अफिसमा बम्पर बिजनेश गरेको थियो ।

siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra