पर्सामा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

0
11

वीरगञ्ज, साउन १६ गते । पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मी सहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा बिहिबार राती अबेर आएको परीक्षण रिपोट अनुसार ४१ जना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार बिहिबार राती अबेर आएको परीक्षण रिर्पोटमा नारायणी अस्पतालका दुुई जना चिकित्सक, दुुई जना स्टाफ नर्स, १ सरसफाई कर्मचारी र नेशनल मेडिकल कलेजका एक जना चिकित्सकमा संक्रमण देखिएको छ ।

नारायणी अस्पतालमा डायलसिस गराउने तीन जना मृगौला रोगका बिरामीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice