काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

0
14

दमक, साउन १६ गते । झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो ।

यसमध्ये १२ जनामा संक्रमण देखिएको छ भने २० जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसभन्दा अघि मेचीनगरमा २० जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा कोरोना संक्रमण भएको आंशकामा होल्डिङ सेन्टरमा रहेका ३२ जना शसस्त्र प्रहरी र समुदायका ८५ जनाको स्वाव संकलन भएको थियो ।

समुदायस्तरका मानिसमा गरिएको नमूना संकलनमा सबैको कोरोना परिक्षण नेगेटिभ आएको र समुदायमा कोरोना संक्रमण नरहेको पाईएको बताईएको छ । मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालका अनुसार शसस्त्र प्रहरी बाहेक समुदायमा कोरोना संक्रमण देखिएको अवस्था छैन । मेचीनगरमा मात्र कोरोना सक्रमितको संख्या ८२ पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

भारतसँग सिमा जोडिएको काकडभिट्टामा रहेका शसस्त्र प्रहरीमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि भएसंगै ड्युटीमा खटिएका प्रहरीहरुलाई उच्च सावधानी अपनाउन निर्देशन दिएको बताईएको छ । गोरखापत्र अनलाइन

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice