भदौ १ गतेसम्म विराटनगर पुनः लकडाउन

0
18

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राती १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यन्नसहित दुध, तरकारीजन्य वस्तुको लागि समेत समय तालिका तोकिने छ । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि महानगरले सर्वपक्षिय छलफल आयोजना गरेको थियो ।

 

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice