काठमाडौ उपत्यकामा ६ सहित शनिबार ३१५ जना सङ्क्रमित

0
60

काठमाडौं, साउन १७ गते । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ३१५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।
पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice