चिकित्सकहरुको मनोबल उच्च राख्‍न सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्छ : प्रकाशशरण महत

0
71

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाबारे नेपाल चिकित्सक संघसँग छलफल गरेको छ ।

शुक्रबार पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले शुक्रबार संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो । छलफल स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल रहेको समितिले जनाएको छ । छलफलमा महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्‍न सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाले कोरोना संक्रमित बढ्दै गएको अवस्थामा पूर्वतयारीलाई तीव्र बनाउनुपर्ने पनि बताउनुभयो । सरकार कोरोना रोकथामको पूर्वतयारीको सवालमा चुकेको भन्दै उहाले अव बेलैमा सचेत नहुने हो भने भयावह अवस्था आउन सक्ने उहाको भनाई छ ।

छलफलमा संघका अध्यक्ष डा.लोचन कार्की कोरानो संक्रमित बढ्दै जादा बिरामीले बेड नै नपाउने अवस्था आउन सक्ने बताउनुभयो । उहाले स्थानीय तहमा कोरोना बिरामीका लागि गरिएको पूर्वतयारी प्रयाप्त नभएको धारणा पनि राख्नुभयो ।

सीमानाका भएर आउनेहरुको स्वास्थ्य व्यस्थापनको उचित प्रवन्ध गर्ने र परिक्षणको दायरा बढाउनुपर्ने, आईÞसोलेसन बेड, भेन्टिलेटरसहित कोभिड अस्पतालको संख्या बढाउनुपर्ने र बिरामी उपचारको ब्यवस्था यथाशीघ्र छिटो मिलाउनुपर्ने लगाएतमा सरकारले बिशेष ध्यान दिनुपर्ने छलफलमा सहभागीहरुको भनाई छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice