लोकप्रिय गायक मौसम मधुरको डान्सिङ गीत ‘टिकटकमा सेट’ सार्वजनिक [भिडियो ]

0
116

काठमाडौं । लोकप्रिय गायक मौसम मधुरको नयाँ गीत सार्वजनिक भएको छ। ‘टिकटकमा सेट’ बोलको उक्त गीतलाई दन्तकाली मिडियाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा बसन काफ्लेको शब्द रचना र संगीत तथा संगीत संयोजन सन्तोष प्रगाढको रहेको छ।
गीतको भिडियोलाइ अशोक खड्काले निर्देशन गरेका हुन् ,अश्रिता खड्का र सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा छायांकन भने टंक केसीको रहेको छ ।
‘टिकटकमा सेट’ को म्युजिक भिडियोमा नुप गुरुङ,बिदिश कार्की ,अश्रिता खड्का , रिया सुन्दास ,रेश्मा माझी ,पुनम परियार र बसन काफ्लेको नृत्य रहेको छ । भिडियोलाइ रमणीय स्थल चन्द्रागिरिमा छायांकन गरिएको । आफुहरुले सक्दो मिहेनेत गरेकाले पहिलेका गीतहरुलाई जस्तै यस गीतलाई पनि श्रोता दर्शकले माया गरिदिनेमा आफु आशावादी रहेको गायक मौसम मधुरले प्रतिक्रिया दिएका छन्। गीतकार ,संगीतकार अनिल खनालको शब्द तथा सन्तोष प्रगाढको संगीतमा रहेको ”बनाएर मायाको भत्काएर घर” बोलको गीतबाट निकै नै चर्चा कमाएका गायक मौसम मधुरका अन्य धेरै गीतहरु लोकप्रिय छन्। मधुरले चलचित्रका गीतहरुमा समेत आफ्नो आवाज दिसकेका छन्।
हाम्रो तर्फबाट पनि गायक मौसम मधुर ,उनका गीत अनि गीतसंग सम्बन्धित सम्पूर्ण श्रस्टा कलाकार तथा प्राविधिकलाई सफलताको लाखौँ लाख शुभकामना।

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice