इप्पानको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसहमतिबाट निर्वाचित

0
23

स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल इप्पानको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसहमतिबाट निर्वाचित भएका छन् । आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भएको छन् ।

महासचिवमा गोरे शेर्पा चयन भएका छन् । त्यसैगरी सचिवत्रयमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य र कोषाध्यक्षमा आनन्द चौधरी रहेका छन् । यस्तै, सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल चयन भएका छन् ।

कोभिड १९को संक्रमण जोखिम भन्दा जिल्ला प्रशासन कार्यालयले चुनावी सभा रोक्न निर्देशन दिएपछि सहमतिमा कार्यसमिति चयनको प्रयास भएको थियो ।

दुई पक्षले सर्वसहमतबाट नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएका थिए

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice