मालदिभ्समा कोभिड १९ का सङ्क्रमित बढ्दै

0
23

रासस / एएनआई – दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । राजधानी मालेमा सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो टापु देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका जनाइएको हो ।
कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।
संक्रमितमध्ये ४ हजार २२२ जना निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । अधिकारीहरुले बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice