भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

0
29
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

भारतका पूर्ब राष्ट्रपति प्रणव मुखर्जिको निधन भएको छ । पूर्ब राष्ट्रपति मुखर्जिको भारतको राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्ह देहान्त भएको हो । ८४ वर्षीय मुखर्जि आफ्नो राजाजी मार्गस्थित निवासमा लड्न पुग्नुभएको थियो । मस्तिष्कमा रगत जमेपछि ८४ वर्षीय मुखर्जिको मस्तिष्कको शल्यक्रिया गर्नुपरेको थियो । साउन २७ गते उहाँको मस्तिष्टकको शल्यक्रिया गरिएको थियो । त्यसयता उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएको थियो । तर सोमबार बिहान अचानक उहाँको स्वास्थ्य अवस्था गम्भिर हुन पुगेको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice