ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटीद्वारा महानगरीय प्रहरी बिट बौद्ध लाई सहयोग वितरण

0
33

      ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटी एरिया समितिले कोरोना संक्रमण (कोभिड १९) को जोखिम लाई मध्यनजर गर्दै  महानगरीय प्रहरी बिट बौद्ध लाइ सेनिटाईजर, साबुन पानी राख्ने स्ट्याण्ड उपलब्ध गराएको छ। यो महामारीमा अग्रपंतीमा रहेर काम गर्ने प्रहरीहरु लाइ सहायोग गर्न पाएकोमा ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटी ले खुशी ब्यक्त गरेको छ साथै आगामी दिनहरु मा पनि समुदायमा यस्तै सहयोगहरु संघ ले गरिरहने जानकारी दिएको छ।

सहयोग कार्यक्रममा ग्रिल तथा स्टिल ब्यवसायी महासंघका उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, काठमाणडौं जिल्ला संघका सचिव पशुपति श्रेष्ठ, काठमाण्डौं पूर्वी क्षेत्रीय अध्यक्ष श्री रोहित कुमार श्रेष्ठ लगायत यस ईकाईका अध्यक्ष श्री चन्द्रभक्त श्रेष्ठ तथा यस ईकाईका सम्पुर्ण कार्यसमितिको उपस्थिति रहेको थियो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice