सशान जसले महानायक राजेश हमाल , पल देखि आकाश सम्मलाई निर्देशन गरे

0
111

सशान कंडेल जसले गायनबाट आफ्नो यात्रा सुरु गरे एक दशक पहिला । ”जाने भए जाउ” उनको गीत नै चर्चामा पनि आयो र विभिन्न एवार्डहरुमा नोमिनेशनमा पनि पर्यो। उनको दोश्रो एल्बमको गीत ”मुग्लान”ले त सशानलाई राता रात सबै माझ चिनायो। यो गीत र भिडियोले धेरैको मन जित्न सफल भयो भने सशानले पनि पहिलो चोटि सर्बोत्कृस्ट गायकको एवार्ड पनि हात पारे। ”मुग्लान” हिट भए पछि उन्को निर्देशन तिर पनि पाइला मोडियो। २०६९ सालबाट भिडियो निर्देशन सुरु गरेका सशानले भिडियो सुरु गरे देखि आज सम्म फर्केर हेर्नु परेको छैन । उनले हालसम्म २०० भन्दा बढी भिडियो निर्माण गरिसकेका छ्न । महानायक राजेश हमाल र पल शाहलाई मात्र आधा दर्जन भन्दा बढी भिडियोमा निर्देशन गरिसकेका छन । पुराना कलाकार सरोज खनाल, करिस्मा मानन्धर , निर्मल शर्मा सरिता लामिछाने, नवल खड्का देखि अहिलेका पुस्ताका चर्चित अनुहारहरु आकाश श्रेष्ठ, स्वतिमा खड्का, आचल शर्मा, माला लिम्बू, एलिशा राई , केकि अधिकारी, बिजय बराल,बेनिशा हमाल, निता ढुङाना सृष्टि खड्का जस्ता थुप्रै कलाकार हरुलाई निर्देशन गरिसकेका छन। गायकहरुमा सुगम पोख्रेल, राजेश पायल राई, रामकृष्ण ढकाल, शिव परियार, प्रमोद खरेल, मेलिना राइ देखि पुस्पन प्रधान बिनय कार्की सम्मका गीतहरु निर्देशन गरिसकेका छन।

गीतको फिलिङ्सलाई न्याय गरेर त्यो अनुसारको भिडियोमा कथा भन्न सक्नु सशानको विशेषता हो। उनको निर्देशनमा मन पराइएका भिडियोहरुमा पुस्पन प्रधानको बाबुको जुङो, प्रमोद खरेलको अन्त माया लाको भए, आफू दुखी बनेर, राजेश पायल राइको तिमिलाई मन पराउनु, निराजन कन्डेलको दिलमाया, राजेश राइको तोडियो तोडियो, मिलन लामाको हमार थारु गाउमा यी गीत र भिडियो निकै रुचाइएको थियो। सशानले भिडियो निर्देशन बाट नै सर्बोत्कृस्ट निर्देशकको एवार्ड २ चोटि हात पारिसकेका छन। पछिल्लो समयमा भजन गायकको रुपमा पनि निकै नै चर्चामा रहेका छन। उनले गाएको ”हरेराम हरे कृष्ण” र ”हरिबोल” भजनले सबैको मन जित्न सफल भयो। पछिल्लो समयमा सशानको निर्देशनमा बनेको ”बिहानी” बोलको म्युजिकल फिल्मले यतिबेला सबैको मन जित्न सफल भएको छ। अर्जुन बिकको वास्तविक कथामा तयार पारिएको यो चलचित्रले छोटो समयमा नै सबैको राम्रो प्रतिक्रिया पाइरहेको छ। उत्कृष्ट कथा ,पटकथा, सम्बाद र निर्देशन गर्न सक्ने खुबी भएका सशान ठूलो फिल्मको लागि पनि काम गरिरहेका छन । कोरोना कहर सामान्य हुने बित्तिकै फिल्मको घोषणा गर्ने कुरा हामीलाई जानकारी दिएका छन।

सशानद्वारा निर्देशित हालसालै रिलिज भएको ”बिहानी” बोलको म्युजिकल फिल्मको लिंक

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice