नेविसंघ महामन्त्री वैद्यले ल्याए दैनिक खाजा कार्यक्रम

0
4

कोरोना महामारीका कारण दैनिक जिवनयापनमा समस्यामा परेकाहरुलाई नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैद्यले खाजा बितरण अभियान सुरु गर्नुभएको छ ।

कोरोनाका कारण धेरै विद्यार्थी तथा श्रमिकहरु बेरोजगार भएकोले आर्थीक अभावका कारण विद्यार्थी तथा श्रमिकमा आश्रित परिवार भोकै रहनु परेको बताउदै उनिहरुको लागि यो खाजा कार्यक्रमले केही मात्रामा भए पनि सहयोग हुने विश्वास लिदै यो कार्यक्रम सुरु गरेको महामन्त्री बैद्दले बताउनु भयो। यो खाजा कार्यक्रम दैनिक रुपमा अपरान्ह बितरण गरिने उहाले बताउनुभयो ।दिनहु संचार मध्यममा आम सर्वसाधारण भोकका कारण छट्पटिएको समाचार हरु आए पनि सरकार जनता प्रती कुनै उत्तरदायित हुने छाट् नदेखेपछी साथीहरुको सहयोगमा यो कार्यक्रम आफुले अगाडि बढाएको वहाँले बताउनु भयो।समस्यामा परेका नागरिकलाई सरकारले कुनै वास्ता नगरेतापनि मानविय भावनानका कारण आफुहरुले सहयोग गर्न खोजेको उहाको भनाई छ ।

खाजा अभियानका लागि बिद्यार्थीसंघ काठमाडौं, अन्य बिद्यार्थी लगाएतले सहयोग गरेको उहाले बताउनुभयो । यसअघि पनि बैद्यले समस्यामा परेका बिद्यार्थीहरुलाई लक्षित गर्दै खाद्यान्न बितरण गर्नुभएको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice