नविन बुढाथोकी र अनु शाह अभिनित निशानको ‘संगै मरौला’ सार्वजनिक ( भिडियो )

0
71

पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको म्युजिक भिडियो ‘संगै मरौला’ सार्वजनिक भएको छ ।
नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको स्वर रहेको गीतमा सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको छ । भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । आशिक राइको निर्देशनमा भिडियो बनेको हो ।
मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice